प्रचण्ड–ओलीबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटघाट भएको छ ।मंगलबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा प्रचण्ड र ओलीबीच भेटवार्ता भएको हो । उनीहरूबीच प्रचण्डको चीन भ्रमण, संक्रमणकालीन न्याय, समसामयिक राजनीतिक विषयमा कुराकानी भएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।
प्रधानमन्त्री प्रचण्ड असोज ४ गते अमेरिका भ्रमणमा जाँदैछन्। उनी उतैबाट चीन हुँदै नेपाल फर्कने कार्यक्रम छ ।
तपाईंको प्रतिक्रिया