फेलोसिप खसी कप प्रतियोगिता २०८० सुरु

 भदौ २९, २०८०

लक्ष्मण बस्नेत , दाङ । फेलोसिप खसी कप प्रतियोगिता २०८०   दाङको तुलसिपुरमा सुरु भएको छ । फेलोसिप ट्रेनिङ सेन्टर तुलसिपुर ६ को आयोजनामा भएको प्रतियोगिताको उद्घाटन लुम्बिनी प्रदेश भलिबल संघका अध्यक्ष देवेन्द्र बैरागीले गर्नु भएको हो । उद्घाटन समारोह लाई सम्बोधन गर्दै अध्यक्ष बैरागीले नेपालको राष्ट्रिय खेल भलिबलको पहिचान र गरिमा लाई स्थापित गर्न स्थानिय स्तरका गतिबिधिले महत्त्वपूर्ण भुमिका निर्वाह गर्ने बताउनु भएको छ ।

भलिबलका लेवल वान कोच तथा राष्ट्रिय रेफ्री द्रोण चन्दको स्वागत रहेको कार्यक्रममा दाङ जिल्ला भलिबल संघका महासचिव लक्ष्मण बस्नेत लगाएतकाले शुभकामना मन्तव्य ब्यक्त गर्नु भएको थियो । कार्यक्रमको संचालन अनलाइन टिभी पत्रकार संघ दाङका अध्यक्ष एच आर मगरले गर्नु भएको थियो । यसैबिच प्रतियोगितामा कुपिन्डे युथ क्लब सल्यान र राप्ती किङ भलिबल ट्रेनिङ सेन्टर तुलसिपुर बिजयी भएका छन ।

बागचौर सल्यान लाई उद्घाटन खेलमा ३-१ को सेटमा पराजित गर्दै पराजित गर्दै कुपिन्डे युथ क्लब बिजयी भएको हो ।त्यस्तै राप्ती बबई क्याम्पस तुलसिपुर लाई ३-० को सोझो सेटमा पराजित गर्दै राप्ती किङ बिजयी भएको हो ।  शुक्रबार पहिलो खेलमा हेलो मोबाईल र अखिल क्रान्तिकारी भिड्नेछन् । खेल बिहान ७ बजे देखि सुरु हुनेछ ।

प्रतियोगितामा दाङ,सल्यान र रुकुम जिल्लाका १० टिमको सहभागिता रहेकोछ । प्रतोयोगिताको बिजेताले २५ हजार बराबरको खसी संगै मेडल हात पार्नेछ । त्यस्तै उपबिजेताले मेडल मात्र हात पार्ने आयोजक फेलोसिप ट्रेनिङ सेन्टरका संचालक राजु एरिले जानकारी दिनु भएको छ ।

तपाईंको प्रतिक्रिया