टि–१० क्रिकेटको उपाधी रोयल भमकेले जित्यो

 भदौ ३१, २०८०

तुलसीपुर । वेष्टर्न क्रिकेट क्लव शान्तीनगर ३ ले आयोजना गरेको टि–१० क्रिकेटको उपाधि रोयल भमके तुलसीपुर १ ले जितेको छ । तीजको अवसरमा आयोजना गरिएको जिल्ला ब्यापी खुल्ला प्रतियोगीताको फाइनलमा खुकुरी ११ घोराहीलाई ३९ रनले पराजित गर्दै रोयलले उपाधी चुमेको हो । रोयलले नगद २० हजार सहित ट्रफि मेडल र प्रमाण पत्र पाएको थियो । उपबिजेता खुकुरी ११ ले १० हजार रोयल भमकेले ब्याटीङ गर्दै ५ विकेटको क्षतीमा ७९ रन बनाउन सफल भएको थियो ।

जवाफी ब्याटिङ गरेको खुकुरी ११ ले ८.२ ओभरमा अलआउट हुदै ४० रनमा समेटिएको थियो । खेलमा रोयलका नरेश विक उत्कृष्ट ब्याटिङका रुपमा घोषित भएका थिए । यस्तै, म्यान अफ सिरीज तथा उत्कृष्ट बलिङ तर्फ रोयलकै धन बहादुर चुनिएका थिए । यसैविच प्रतियोगितमा विजेतालाई एक कार्यक्रमका विच पुरस्कार वितरण गरिएको छ ।

आयोजक वेष्टर्न क्रिकेटका मेघराज विकको अध्यक्षता तथा शान्तीनगर गाँउपालीकाका अध्यक्ष प्रमोद बस्नेतको प्रमुख आतिथ्य एवं क्रिकेट संघ लुम्बिनी प्रदेशका सदस्य बालकृष्ण खत्रीको विशिष्ठ आतिथ्यमा कार्यक्रम भएको थियो ।

 

तपाईंको प्रतिक्रिया