मंगोलियाविरुद्ध नेपाल २७३ रनले विजयी

 असोज १०, २०८०

काठमाडौं । एसियन गेम्स अन्तरगत मंगोलियाविरुद्धको खेलमा नेपालले २७३ रनको कीर्तिमानी जित हासिल गरेको छ । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा यो अहिलेसम्मकै फराकिलो जित हो । यसअघि चेक गणतन्त्रले टर्कीमाथि २५७ रनको जित हात पारेर रन अन्तरको हिसाबमा सबैभन्दा फराकिलो जितको विश्व कीर्तिमान बनाएको थियो ।

नेपालले पहिलो ब्याटिङ गर्दै ३१५ रनको लक्ष्य दिएकोमा मंगोलिया १३.१ ओभरमा ४१ रनमै अलआउट भयो । नेपालका लागि करण केसी, अविनाश बोहरा र सन्दीप लामिछानेले २–२ विकेट लिए । मंगोलियाका एक ब्याट्सम्यानले मात्रै दोहोरो अंकमा रन जोड्न सके ।

तपाईंको प्रतिक्रिया