डोजाङ युवा क्लबले श्री–भक्त स्मृति फूटबल प्रतियोगिता सञ्चालन गर्दै

 असोज १४, २०८०

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ बेलटाकुरा स्थित डोजाङ युवा क्लबले बिजया दशमी तथा शुभ दिपाबलीको अवसरमा फुटवल प्रतियोगिता आयोजना गरेको छ । सवारी दुर्घटनामा ज्यान गुमाएका फुटबल खेलाडीहरु श्रीधर चन्द र भक्त पुन मगरको सम्झनामा प्रथम श्री–भक्त स्मृति कप खुल्ला फूटबल प्रतियोगिताको आयोजना गरिएको बबि चन्दले जानकारी दिएका छन ।

बेलटाकुरा बगरपुर खेल मैदानमा सञ्चालन हुने प्रतियोगितामा सहभागिताका लागि खुल्ला रुपमा आव्हान गरिएको छ । टिम दर्ताको लागि तीन सय धरौटी गरेर तीन हजार तोकिएको छ । टिम दर्ता गर्ने समय असोज १६ गते दिउसो ४ बजे सम्म तोकिएको आभाष योगीले जानकारी दिएका छन । सोहि दिन साझ टाईसिट निकालेर १७ गते बिहान देखि खेल सुचारु हुने उनले जानकारी दिएका छन ।

प्रतियोगितामा प्रथम हुनेलाई खसी,मेडल , ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ भने दोस्रो हुनेलाई साढो, मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिने छ ।

तपाईंको प्रतिक्रिया