श्री–भक्त स्मृति फूटबल प्रतियोगिता सुरु, ११ टिम प्रतिस्पर्धामा

 असोज १८, २०८०

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ बेलटाकुरा स्थित डोजाङ युवा क्लबको आयोजनामा फुटवल प्रतियोगिता सुरु भएको छ । बिजया दशमी तथा शुभ दिपाबलीको अवसरमा आयोजित नकआवट फुटवल प्रतियोगिताको उद्घाटन गरिएको हो । सवारी दुर्घटनामा ज्यान गुमाएका फुटबल खेलाडीहरु श्रीधर चन्द र भक्त पुन मगरको सम्झनामा प्रथम श्री–भक्त स्मृति कप खुल्ला फूटबल प्रतियोगिताको क्लवका अध्यक्ष जनक मल्लले दिपप्रज्वलन गरि उद्घाटन गरिएको थियो । साथै दिवंगत आत्माको चिरशान्तीको कामना गर्दै एक मिनेट मौनधारण गरि प्रतियोगिता सुरु भएको  हो ।

बेलटाकुरा बगरपुर खेल मैदानमा सञ्चालित प्रतियोगितामा जम्मा ११ टिमको सहभागिता रहेको प्रतियोगिताका ब्यवस्थापक बबि चन्दले जानकारी दिए । यसैविच उद्घाटन खेलमा गौरीगाउ र बेलटाकुरा बि विच भएको खेल गोलरहित बराबरी भएको छ । दुवै टिमबाट गोल हुन नसकेपछि भोली विहानी पेनाल्टी सुटबाट नतिजा निकालिने भएको छ ।

यस्तै भोली पहिलो खेलमा कचिली र बेलगनारी भिड्नेछन भने दोस्रा खेलमा मावि उरहरी र मावि हरीपौरी विच प्रतिस्पर्धा हुने छ । यस्तै तेस्रो खेल टरीगाउ र उरहरीका विच हुने ब्यवस्थापक  चन्दले जानकारी दिए । प्रतियोगितामा प्रथम हुनेलाई खसी,मेडल , ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ भने दोस्रो हुनेलाई साढो, मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

 

तपाईंको प्रतिक्रिया