श्री–भक्त स्मृति कप: फाइनल खेल्न टँरीगाउ-कटकुईया र बेलटाकुरा ‘ए’-मावि उरहरी भिड्ने

 असोज २१, २०८०

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ बेलटाकुरा स्थित डोजाङ युवा क्लबको आयोजनामा सञ्चालित फुटवल प्रतियोगिताको सेमिफाइनलका खेलहरु सोमबार हुदै छ । बिजया दशमी तथा शुभ दिपाबलीको अवसरमा आयोजित नकआवट फुटवल प्रतियोगितामा आज बेलटाकुरा बी लाई हराउदै टँरीगाउ र  कचिलालाई हराउदै कटकुईयाले सेमिफाईनल खेल्ने भएका हुन ।

यस अघि अमर माविले कचिली हराउदै अन्तिम चारमा स्थान सुरक्षित गरेको थियो भने बेलटाकुरा ए टिम बाईमा परेको थियो । अव भोली फाईनल प्रबेशका लागि टरीगाउ र कटकुईया भिड्ने भएका छन । टाईसिट अनुसार यी दुई विच खेल हुने आयोजकले जनाएको छ । अर्को खेलमा बेलटाकुरा ए टिम र अमर मावि विच खेल हुन लागेको हो ।

सवारी दुर्घटनामा ज्यान गुमाएका फुटबल खेलाडीहरु श्रीधर चन्द र भक्त पुन मगरको सम्झनामा प्रथम श्री–भक्त स्मृति कप खुल्ला फूटबल प्रतियोगिताको फाईनल भोली नै हुने छ । प्रतियोगितामा प्रथम हुनेलाई खसी,मेडल , ट्रफी र प्रमाणपत्र प्रदान गरिनेछ भने दोस्रो हुनेलाई साढो, मेडल, ट्रफी र प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

तपाईंको प्रतिक्रिया