श्रीधर–भक्त स्मृति कपको उपाधी कटकुईयालाई, आयोजक बन्यो उपबिजेता

 असोज २२, २०८०

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ बेलटाकुरा स्थित डोजाङ युवा क्लबको आयोजनामा सञ्चालित श्री–भक्त स्मृति कप फुटवल प्रतियोगिताको उपाधि कटकुईयाले जितेको छ । फाईनलमा बेलटाकुरा ए टिमलाई २-१ गोलले हराउदै कटकुईयाले उपाधि जितेको हो । उपाधि चुमेको कटकुईयाले खसी,मेडल र प्रमाण पत्र प्राप्त गरेको थियो ।

यस्तै उपविजेतामा चित्त बुझाएको आयोजक बेलटाकुरा ए ले साढो,मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो । उल्लेख्य दर्शकका विच भएको सेमिफाइनल खेलमा अमर माविलाई पेनाल्टीमा हराउदै बेलटाकुरा ए फाईनलमा पुगेको थियो भने टरीगाउलाई हराउदै कटकुईयाले फाईनलमा भेट पक्का गरेको थियो । खेलका क्रममा रेड कार्ड पाएपछि १० खेलाडीमा सिमित टँरीगाउले १ गोल बराबरी गरेसगैं खेल पेनाल्टीमा गएको थियो ।

यसैविच, विजयी खेलाडीलाई पुरस्कार वितरण कार्यक्रम सम्पन्न भएको छ । क्लवका अध्यक्ष जनक मल्लको अध्यक्षता तथा वडा नम्बर ११ का अध्यक्ष मान बहादुर रावतको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । खेलाडीलाई पुरस्कार दिदै वडाध्यक्ष रावतले खेल क्षेत्रको विकासका लागि क्लवले यस्ता प्रतियोगिताको निरन्तरता दिनुपर्ने बताएका थिए । खेलाडी उत्पादन तथा विकासको लागि वडा सरकार प्रतिबद्ध रहेको हुदा यस्ता प्रतियोगिताको आयोजना गर्ने बताएका थिए । कार्यक्रमको सहजिकरण खेल पत्रकार लक्ष्मण बस्नेतले गरेका थिए ।

सवारी दुर्घटनामा ज्यान गुमाएका फुटबल खेलाडीहरु श्रीधर चन्द र भक्त पुन मगरको सम्झनामा क्लवले प्रथम श्री–भक्त स्मृति कप खुल्ला फूटबल प्रतियोगिताको आयोजना गरेको ब्यवस्थापक बबि चन्दले जानकारी दिए ।

तपाईंको प्रतिक्रिया