प्रतिष्ठानलाई सिकलसेल एनिमिया जाँच गर्ने मेसिन हस्तान्तरण गर्छौ: नगर प्रमुख चौधरी

 असोज ३०, २०८०

तुलसीपुर । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई साझा सस्थाका रुपमा विकास गर्नुपर्ने बताउनुभएको छ । प्रतिष्ठानको छैठौँ बार्षिक उत्सवलाई सम्बोधन गर्दै नगर प्रमुख चौधरीले प्रतिष्ठानलाई जति बलियो र सक्षम बनाउन सकियो त्यति धेरै नै जनस्वास्थ्यमा सुधार आउने बताउनुभयो ।

प्रतिष्ठानका उपकुलपती डा. विकास लामिछानेको अध्यक्षता एवं नगर प्रमुख चौधरीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उहाँले स्वास्थ्य संस्थामा कसैले पनि आग्रह पूर्वाग्रह र राजनितिक प्रतिशोध साध्न नहुनेमा जोड दिनुभएको छ । साथै प्रतिष्ठानले लिएको लक्ष्य अनुसार गुणस्तरीय स्वास्थ्य सेवा र पढाईको कामलाई पनि विषेश ध्यान दिन उहाँले सुझाब दिनुभएको छ ।

स्वास्थ्यकर्मीहरुले दिदै आएको सेवा प्रति सम्मान व्यक्त गर्दै उहाँले घोराही उपमहानगरपालिकाले बर्षेनी आबस्यकतामा आधारीत धेरथोर बजेट व्यवस्थापन गर्दै आएको बताउनुभयो । यस बर्ष सिकलसेल एनिमिया जाँचका लागि आबस्यक पर्ने मेसिन खरिद गर्नमा पनि बजेट विनियोजन गरेको जानकारी दिनुभयो ।

फाईल फोटो

तपाईंको प्रतिक्रिया