नेपालमा त्रिकोणात्मक टि२०आई सिरिजको फाइनलमा प्रवेश

 कार्तिक ०४, २०८०

लगातार तेस्रो जित दर्ता गर्दै नेपाल त्रिकोणात्मक टि२०आई सिरिजको फाइनलमा प्रवेश गरेको छ । मुलपानी क्रिकेट मैदानमा शनिबार भएको तेस्रो खेलमा हङकङलाई ७९ रनले हराउँदै नेपाल फाइनलमा स्थान पक्का गर्न सफल भयो ।

टस जितेर ब्याटिङ रोजेको नेपालले कुशल मल्ल र दीपेन्द्रसिंह ऐरीको आक्रामक अर्धशतकमा नेपालले २ सय १४ रनको विशाल लक्ष्य प्रस्तुत गरेको थियो । नेपालले बलिङमा पनि उत्कृष्ट प्रदर्शन गर्दा हङकङले २० ओभरमा ८ विकेट गुमाउँदै १ सय ३४ रन मात्र जोड्न सक्यो ।

हङकङका लागि अंशुमन रथले सर्वाधिक ४५ रनको योगदान दिए । बाबर हायात २० र एजाज खानले २५ रन जोड्नुबाहेक अन्य खेलाडीले खासै ठूलो स्कोर बनाउन सकेनन् ।

नेपालले यसअघि पहिलो खेलमा यूएईलाई ७ विकेटले हराएको थियो । दोस्रो खेलमा नेपालले हङकङलाई नै ६ विकेटले पराजित गरेको थियो । यस जितसँगै नेपाल ६ अंक जोड्दै शीर्षस्थानमा रहेर फाइनल पुगेको हो । अन्य टोलीले अंक जोडेका छैनन् ।

तपाईंको प्रतिक्रिया