रोयल भमके टि-२० क्रिकेट प्रतियोगिता हुदै

 कार्तिक ११, २०८०

तुलसीपुर । तुलसीपुर १ भमकेमा स्वतन्त्र युवा समुहले रोयल भमके टि२० क्रिकेट प्रतियोगिताको आयोजना गरेको छ । कार्तिक १९ गते देखि सुरु हुने प्रतियोगितामा टिम दर्ताको लागि १७ गते सम्म समय तोकिएको खेल संयोजक खगेन्द्र नेपालीले जानकारी दिए । बढिमा १२ टिम दर्ता गरिने भएको हुदा समयमा टिम दर्ता गर्नका लागि नेपालीले आग्रह पनि गरेका छन ।

टिम दर्ताको लागि ५ हजार १ सय रुपैया तोकिएको छ । भमके स्थित मदन भण्डारी रंगशालामा हुने खेल आइसिसिको नियमानुसार खेलाईने छ । प्रतियोगितामा प्रथम हुनेलाइ ५१ हजार सहति कप,मेडल र प्रमाण पत्र प्रदान गरिने छ ।  दोस्रोलाई २५ हजार सहति कप,मेडल र प्रमाण पत्र प्रदान गरिने आयोजकले जनाएको छ ।

त्यसैगरि प्रतियोगिता अवधिभर उत्कृष्ट खेलाडीलाई ४ हजार , उत्कृष्ट ब्याट्स म्यानलाई २ हजार ५ सय प्रदान गरिने छ । त्यस्तै प्रतियोगिताको प्रत्येक खेलमा उत्कृष्ट हुनेलाई ५ सय प्रदान गरिने छ ।

तपाईंको प्रतिक्रिया