सुनको मूल्यले बनायो नयाँ रेकर्ड

 कार्तिक १२, २०८०

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाली सुनचाँदी बजारमा सुनको मूल्यले नयाँ रेकर्ड बनाएको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला १ हजार रुपैयाँले बढेर १ लाख १७ हजार रुपैयाँ कायम भएको छ ।

यस्तै, तेजावी सुनको मूल्य तोलाको १ लाख १६ हजार ४५० रुपैयाँ निर्धारण भएको छ। यो हालसम्मकै उच्च मूल्य हो।यसअघि शुक्रबार छापावाल सुन अहिलेसम्मकै उच्च तोलाको १ लाख १६ हजार रुपैयाँमा कारोबार भएको थियो। यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १५ हजार ४५० रुपैयाँ निर्धारण भएको थियो। आज चाँदीको भाउ पनि प्रतितोला १५ रुपैयाँले बढेर १४ सय १५ रुपैयाँ कायम भएको छ। शुक्रबार चाँदीको भाउ प्रतितोला १४ सय रुपैयाँ कायम रहेको थियो।

तपाईंको प्रतिक्रिया