लागुपदार्थ दुर्ब्यशन न्युनिकरण गर्न सचेतना जगाउदै नँया पाइला

 बैशाख १६, २०८१

तुलसीपुर । दाङको दंगीशरण गाउँपालिका–२ मा मा.वि मधपुरमा मादक पदार्थ तथा लागूपदार्थ दुव्र्यशन न्युनिकरण सम्बन्धि कार्यक्रम गरिएको छ । नयाँ पाइला पुनस्र्थापन केन्द्र र हाम्रो राजाकोट बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको संयुक्त आयोजनामा आज एक दिने विद्यालय स्तरीय अन्तरक्रिया कार्यक्रम सम्पन्न गरिएको हो ।

कक्षा ८, ९ र १० मा अध्यनरत विद्यार्थीहरुलाई सचेत गराउनुका साथै जनचेतना जगाउने उदेश्यले यस्तो कार्यक्रमको आयोजना गरिएको हो । हाम्रो राजाकोट बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष विष्णु गौतमको अध्यक्षतामा भएको कार्यक्रममा बोल्दै दंगीशरण गाउँपालिका–२ का वडा अध्यक्ष डम्बर खत्रीले युवाहरु लागू औषधमा फस्ने क्रम बढ्दै गएको अवस्थाकाे बारेमा यस्ता कार्यक्रमको भुमिका महत्वपुर्ण हुने बताउनुभयो ।

कार्यक्रमको प्रमुख अथिति समेत रहनुभएका वडाअध्यक्ष खत्रीले सामुदाय र घर-परिवारबाट लागू औषध दुर्वेशनी न्युनिकरण गर्ने विषयमा अभिभावकहरुले चासो बढाउनुपर्ने बताउनुभयो । सो अवसरमा नयाँ पाइला पुनर्स्थापना केन्द्रका मनोप्रामर्शविद दाता सैलेश शर्माले विध्यार्थीहरुलाई लागुऔषध दुव्र्यशन सम्बन्धि प्रशिक्षण दिनुभएको थियो भने विद्यालयकी प्रधानाध्यापक बिमला कडेलले विधालयको अबस्थाको बारेमा जानकारी दिनुभएको थियो । कार्यक्रमको सहजिकरण संस्थाका उपाध्यक्ष सिएम बिश्वकर्माले गर्नुभएको थियो ।।

तपाईंको प्रतिक्रिया