तुलसीपुर – ११ मा वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता हुदै

 कार्तिक १२, २०८०

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ ले वडाध्यक्ष कप क्रिकेट प्रतियोगिताको आयोजना गरेको छ । वडा कार्यालयको आयोजनामा हुन लागेको प्रतियोगिता कार्तिक १६ गतेदेखि अमर माध्यमिक विद्यालय उरहरीको खेल मैदानमा सञ्चालन हुने छ । वडा कार्यालयले आज सुचना जारी गर्दै १९ वटै वडाबाट खेलाडी सहभागिता जनाउन सक्ने जनाएको छ ।

प्रतियोगितामा पालिका भित्रका वडाले एकरएक टोली र वडा नम्बर ११ को हकमा भने एक भन्दा बढि भएमा टिम दर्ता गर्न सकिने वडाध्यक्ष मान बहादुर रावतद्धारा जारी सुचनामा उल्लेख गरिएको छ । प्रतियोगितामा सहभागी हुन वडा कार्यालयको सिफारीस र नागरीकताको प्रमाण पत्र लिई १५ गते भित्र दर्ता गरिसक्नुपर्ने छ । टिम दर्ताको लागि २ हजार रुपैया तोकिएको छ ।

प्रतियोगितामा प्रथम हुनेलाई २५ हजार र द्धितीयलाई १५ हजार पुरस्कारको व्यवस्था गरिएको छ । प्रतियोगितामा प्रत्येक टोलीबाट १४ जना खेलाडी, १ जना टिम ब्यवस्थापक हुनु पर्ने उल्लेख गरिएको छ । यसैविच, क्रिकेट खेलप्रति युवाहरुको आकर्षण बढेको हुदा १९ वटै वडाका खेलाडीका विचमा क्रिकेट प्रतियोगिताको आयोजना गरिएको वडाध्यक्ष रावतले बताएका छन । क्रिकेट खेलको विकास लागि उपमहानगर स्तरीय प्रतियोगिताको आयोजना गरिएको उनले बताए ।

 

तपाईंको प्रतिक्रिया