मलेशियालाई हराउँदै नेपाल टी-२० विश्वकप छनोटको सेमिफाइनलमा

 कार्तिक १४, २०८०

नेपाली राष्ट्रिय क्रिकेट टोली २० ओभरको विश्वकप एशिया छनोटको सेमिफाइनलमा प्रवेश गरेको छ। मङ्गलवार कीर्तिपुर मैदानमा भएको खेलमा मलेशियालाई सङ्घर्षपूर्ण खेलमा छ विकेटले पराजित गर्दै नेपाल लीगको एक खेल बाँकी छँदै अर्को चरणमा प्रवेश गरेको हो।

टी-२० विश्वकपमा छनोट हुने यात्रामा निस्किएको नेपालको यो लगातार दोस्रो जित हो। नेपालले अब लीगको अन्तिम खेलमा बिहीवारर ओमानसँग खेल्ने छ। त्यो खेल पनि जितेर नेपालले समूह विजेता बन्ने प्रयास गर्ने छ।

ओमान पनि दुई खेलमा विजयी भएर सेमिफाइनलमा प्रवेश गरिसकेको  छ ।  मङ्गलवार जित हात पार्न नेपाललाई त्यति सहज भएन।

मलेशियाले टस जितेर पहिला ब्याटिङ गर्ने निर्णय गरेको थियो। मलेशियाली ब्याटरहरूले उत्कृष्ट खेल खेल्दै नेपाललाई १६६ रनको लक्ष्य दिएका थिए। नेपालले अठारौँ ओभरमा चार विकेट गुमाउँदै उक्त चुनौती पूरा गर्‍यो। लगातार दुई खेल हारेका मलेशिया र सिङ्गापुर प्रतियोगिताबाट बाहिरिएका छन्।  नेपालका लागि ओपनर कुशल भुर्तेलले २५ बलमा ४३ रन बनाएका थिए। उनले चार चौका र चार छक्का प्रहार गरे।

तपाईंको प्रतिक्रिया