वडाध्यक्ष कप क्रिकेट प्रतियोगिता सुरु, वडा नम्बर ११ र १२ को विजयी सुरुवात

 कार्तिक १६, २०८०

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ मा अध्यक्षकप क्रिकेट प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको उद्घाटन गर्दै तुलसीपुर उपमहानगरपालिका मेयर टिकाराम खड्काले पछिल्लो समय क्रिकेट खेलप्रति युवाको आकर्षण बढ्दै गएको बताउँदै यसको विकासका लागि उपमहानगर प्रतिवद्ध रहेको बताएका थिए ।

वडाध्यक्ष मान बहादुर रावतको स्वागत मन्तव्यबाट सुरु भएको उद्घाटन अवसरमा तुलसीपुर उपमहानगरपालिका उपमेयर स्यानी चौधरीले प्रतियोगितालाई अनुशासित र मर्यादित बनाउनका लागि खेलाडीहरूको भूमिका अहम् हुने भएकाले त्यसतर्फ सचेत रहन आग्रह गरिन् ।
वडा सदस्य प्रभा परियारको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सञ्चालन वडा सचिव पदम भण्डारीले गरेका थिए । प्रतियोगितामा १० वटा वडाबाट ११ वटा टोलीको सहभागिता रहेको छ ।

यसैविच,अमर माध्यमिक विद्यालय उरहरीको खेल मैदानमा भएको आजको पहिलो दिनको खेलमा वडा नम्बर ११ ए र १२ रले विजयी सुरुवात गरेका छन । पहिलो खेलमा ११ ए ले १७ लाई १० विकेटले जितेको थियो । १७ नम्बरले दिएको ४६ रनको लक्ष्य ११ नम्बरले विना विकेटको क्षतीमा पुरा गरेको थियो । ११ वडाको जितमा मनोज शाहले २५ र प्रकाश बुढाथोकीले १९ रन ल्याएका थिए । त्यस अघि वडा नम्बर १७ लाई सस्तैमा समेट्न मनोहर केसीले ३ , डिजन मल्लले २ विकेट लिएका थिए । यस्तै,मनोज शाह,सुशान्त शाह र सन्तोष रावतले समान १,१ विकेट लिएका थिए । जसमा म्यान अफ त म्याचका रुपमा मनोज शाह घोषित भएका थिए ।

अर्को खेलमा वडा नम्बर १२ रले ८ नम्बरलाई १४ रनले हराएको थियो । सुरुमा ब्याटिगं गर्दै वडा नम्बर १२ ले ८१ रनको लक्ष्य दिएको थियो । उस्का लागि रोशन जिएमले २५ तथा तिलक जिएमले १६ रनको योगदान दिएका थिए । बलिगं तर्फ वडा ८ का सुरज तिवारीले ५ विकेट लिएका थिए । जवाफि ब्याटिगंमा आएको वडा ८ नम्बर वडा ६७ रनमा अलआउट भएको थियो । उसका लागि उत्सव कडेलले २० तथा प्रबेश गौतमले १० रनको योगदान दिएका थिए ।

अन्य ब्याटरले दोहोरो अंकको रन जोड्न सकेका थिएनन् । बलिगं तर्फ वडा नम्बर १२ का कर्णविर सार्किले ३ विकेट लिएका थिए । आजको खेलमा विकेट लिने तथा छक्का हान्ने खेलाडीलाई प्रोत्साहित गर्दै अमर माध्यमिक विद्यालय उरहरीका प्रधानाध्यापक पदम बहादुर वलीले २ हजार ३ सय र तुलसीपुर उपमहानगरका इन्जीनियर पवन कुमार योगीले २ हजार पुरस्कारको ब्यवस्था गरेका थिए । प्रतियोगितामा प्रथम हुनेलाई २५ हजार र द्धितीयलाई १५ हजार पुरस्कारको व्यवस्था गरिएको छ ।

तपाईंको प्रतिक्रिया