रोयल भमके टि-२० क्रिकेट प्रतियोगिता सुरु, तुलसीपुर ९ र ६ को बिजयी सुरुवात

 कार्तिक २१, २०८०

लक्ष्मण बस्नेत, दाङ । दाङ तुलसिपुरको भमकेमा आज देखि रोयल भमके T-20 क्रीकेट प्रतियोगिता २०८० सुरु भएको छ । स्वतन्त्र युवा समूह तुलसिपुर १ भमकेको आयोजनामा मदन भण्डारी रंगशाला भमकेमा संचालन भएको प्रतियोगिताको तुलसिपुर उपमहानगरपालिकाका प्रमुख मेयर टिकाराम खड्काले उद्घाटन गर्नु भएको हो । स्वतन्त्र युवा समूह तुलसिपुर १ भमकेका अध्यक्ष तथा प्रतियोगिता संयोजक खगेन्द्र नेपालिको अध्यक्षतामा भएको कार्यक्रममा खेलप्रेमी,युवा समाजसेवी लगाएतको उपस्थिती  थियो ।

यसबैच प्रतियोगिता अन्तरगत आज भएका खेलमा तुलसिपुर ९ बेलुवा र तुलसिपुर ६ बिजयी भएका छन् । उद्घाटन खेलमा आयोजक रोयल भमके बि लाई १०८ रनको फराकिलो अन्तरले पराजित गर्दै तुलसिपुर ९ ले बिजयी यात्रा सुरु गरेको हो । त्यस्तै दोस्रो खेलमा मिलन युवा क्लब तुलसिपुर ७ लाई ६ विकेटले पाराजित गर्दै तुलसिपुर ६ बिजयी भएको हो ।

उद्घाटन खेलमा टस जितेर ब्याटिङ रोजेको तुलसिपुर ९ ले निर्धारित १५ ओभरमा आफ्ना ६ विकेटको क्षेतिमा १ सय ५३ रन बनाएको थियो । जसमा तुलसिपुर ९ का हरि वलिले सर्वाधिक ६१ रनको योगदान दिए । त्यस्तै किशोर वलि र युवराज वलिले क्रमशः २३ र १५ रन जोडे । बलिङ तर्फ रोयल भमके बि का आयुस भन्डारी २ र गिरिराज बिक ,सरद ढकाल,सुदिप पान्डेले समान १-१ बिकेट लिन सफल भए । १५४ रनको बिजयी लक्ष्यका जवाफी ब्याटिङ गर्न मैदान उत्रिएको रोयल भमके बि ११ दशमलव २ ओभरमा अलआउट हुँदै मात्र ४५ बनाउन सक्यो । जसमा गिरिराज बिक ले १४ रन बनाउनु बाहेक अन्य ब्याट्स म्यानले दोहोरो अंक बनाउन सकेनन ।

बलिङ तर्फ तुलसिपुर ९ का रन्जित चौधरीले सर्वाधिक ३ विकेट लिए भने सचिन बि क,दानिस अन्सारी र विशाल वलिले समान १-१ बिकेट लिए । खेलमा उत्कृष्ट ब्याटिङ गर्दै ६१ रन बनाउने तुलसिपुर ९ का हरि वलि म्यान अफ द म्याच घोसित भए । उनले नगद ५ सय तथा मेडल प्राप्त गरे। यस्तै दोस्रो खेलमा टस जितिर ब्याटिङ मा उत्रेको मिलन युबा क्लब १३ दशमलव २ ओभरमा अल आउट हुँदै ८३ रन मा समेटियो। मिलन युबा क्लबले दिएको ८४ रनको बिजयी लक्ष्य तुलसिपुर ६ ले १२ ओभरमा पुरा गर्‍यो । खेलमा उत्कृष्ट खेल प्रदर्शन गर्ने तुलसिपुर ६ का राजेन्द्र केसि म्यान अफ द म्याछ घोसित भए । यसैबीच प्रतियोगिता अन्तरगत भोलि बिहान रोयल भमके ए र मिलन युवा क्लब त्यस्तै त्रीशिदेश्वरी क्रीकेट क्लब तुलसिपुर र तुलसिपुर ११ भिड्नेछन् ।

झन्डै एक साता सम्म चल्ने प्रतियोगिताको बिजेताले नगद ५१ हजार, कप, मेडल प्रमाणपत्र हात पार्नेछ । त्यस्तै उपबिजेता टिमले नगद २५ हजार,कप, मेडल प्रमाणपत्र हात पार्नेछ । त्यसैगरी प्रतियोगिता अवधिभर उत्कृष्ट खेल प्रदर्शन गर्ने खेलाडी मध्य व्यक्तिगत बिधा तर्फ म्यान अफ द टुर्नामेन्टलाई नगद चार हजार तथा मेडल,वेष्ट ब्याट्सम्यान वेष्ट बलर लाई क्रमशः जनही दुई हजार पाँच सय नगद तथा मेडल प्रमाणपत्र प्रदान गरिनेछ ।

त्यस्तै प्रतियोगिताका प्रत्येक म्याचका म्यान अफ द म्याच लाई नगद पाँच सय साथमा मेडल प्रदान गरिनेछ । प्रतियोगितामा १२ टिमको सहभागिता रहेको आयोजकले जानकारी दिएको छ ।

तपाईंको प्रतिक्रिया