रोयल भमके टि-२० क्रिकेट प्रतियोगिताको उपाधी आयोजकलाई

 कार्तिक २६, २०८०

तुलसीपुर । रोयल भमके टि २० क्रिकेट प्रतियोगिता २०८० को उपाधी आयोजक रोयल भमके क्रीकेट क्लब तुलसीपुर १ ले जित्न सफल भएको छ ।आज भएको फाइनल खेलमा पुरन्धारा क्रीकेट क्लब बबइलाई २ बिकेट्ले हराउदै रोयलले उपाधी जितेको हो । बिजेता रोयल भमकेले नगद ५१ हजार ,कप, मेडल तथा प्रमाणपत्र प्राप्त गर्यो।

उप बिजेता पुरन्धाराले नगद २५ हजार ,कप ,मेडल तथा प्रमाणपत्रमा चित्त बुझायो । ट्स जिटि ब्याटिङ मा उत्रेको पुनधारा निर्धारित २० ओभरको खेलमा १७.१ओभरमा अल आउट हुँदै ७० रनमा समेटियो । जसमा भक्त डागिले ४१ रन बनाउनु बाहेक अन्य ले दोहोरो अक छुन सकेनन । बलिङ तर्फ रोयल भमकेमा आयुस ओलिले प्रतियोगिताको दोर्सो ह्याट्रिक पूरा गर्दै ४ बिकेट लीए भने हरिस केसि ३ तथा गोपाल केसि ले २ बिकेट ल्याए ।

जवाफ मा ७१ रनको बिजय लक्ष्य लियर मैदान उत्रेको रोयल भमके १९.४ ओभरमा ८ बिकेट्को क्षतिमा लक्ष्य पूरा गर्यो।जसको लागि गोपाल केसिले २२ तथा हरिस केसिले १९ रनको नट आउट पारी खेले । बलिङतर्फ पुरन्धारा का रोसन साहुले ५ तथा सुजल ओलि, बिक्रम डागी र बिक्रान्त डागिले १/१ बिकेट ल्याए ।

खेलमा उत्कृष्ट बलिङ गर्दै ह्याट्रिक पूरा गर्ने आयुस ओलि म्यान अफ द म्याच हुँदै नगद ५०० तथा मेडल प्राप्त गरेका थिए । यस्तै प्रतियोगिता भर उत्कृष्ट खेल गर्ने ब्यक्तिगत बिधा तर्फ टिएसए तुलसीपुरका दिवान पुनले बेस्ट ब्याट्सम्यान हुँदै नगद २ हजार ५ सय र मेडल, पुरन्धाराका रोसन साहु बेस्ट बलर हुँदै नगद २ हजार ५ सय मेडल तथा आयोजक रोयल भमकेका हरिस केसि म्यान अफ द टुनामेन्ट घोसीत हुँदै नगद ४ हजार कप मेडल तथा प्रमाणपत्र प्राप्त गरेका थिए ।

प्रतियोगितामा पुरस्कार वितरण कार्यक्रम रोयल भमकेका अध्यक्ष तथा खेल संयोजक खगेन्द्र नेपालीको अध्यक्षता तथा  उपमहानगरपालिकाका प्रमुख टिकाराम खडकाको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । कार्यक्रममा लुम्बिनी क्रीकेट सघका सदस्य बालकृष्ण खत्री, तुलसीपुर १ का वडा अध्यक्ष हुमकान्त सापकोटा लगायको उपस्थिती थियो । कार्यक्रमको सन्चालन शिक्षक प्रेम नेपालिले गरेका थिए ।

तपाईंको प्रतिक्रिया