सगरमाथामा एड्स सम्बन्धि सचेतना
दाङ । आज ३६ औँ विश्व एड्स दिवस । ‘समुदायको नेतृत्वमा एड्सको अन्त्य गरौँ’ भन्ने नारासहित तुलसीपुर ९ स्थित सगरमाथा स्कुलमा चेतनामूलक कार्यक्रम गरी मनाइएको छ। एचआईभी र एड्ससम्बन्धी प्रभावकारी रोकथाम, हेरचाह, सहयोग तथा उपचार सेवाका लागि विश्वव्यापी ध्यानाकर्षण गर्दै जनचेतना जगाउन हरेक वर्ष डिसेम्बर १ तारिखका दिन यो दिवस मनाउने गरिन्छ ।
बिद्यालयका प्रधानाध्यापक छवि कुमार वलीको अध्यक्षता एबम राप्ती प्रादेशिक अस्पतालकि परामर्शकर्ता प्रमिला लामिछानेको प्रमुख आतिथ्यता एबं विद्यालयका सिइओ यमकान्त खरेलको बिशिस्ट आतिथ्यतामा कार्यक्रम भएको थियो । कार्यक्रमको प्रमुख अतिथि लामिछानेले ूनेपालमा सन् २०२२ को अन्त्यसम्म अनुमानित ३० हजार व्यक्तिमा एचआईभी सङ्क्रमण भएको जानकारी गराईन।
नेपालमा हरेक दिन एक जना एचआईभीबाट सङ्क्रमित हुने गरेको तथ्याङ्क उल्लेख गर्दै सुईद्वारा लागुपदार्थ प्रयोग गर्ने तथा असुरक्षित शारीरिक सम्पर्कका कारण एचआईभी एड्सको जोखिम हुन सक्ने कुरा बताईन । कार्यक्रममा बोल्दै लामिछानेले अहिले दाङमा ४०३ जना एडस सङ्क्रमित रहेको जानकारी दिएकि थिईन । जसमा पुरुष २०३, महिला १९४ र अन्य ६ जनामा सङ्क्रमण देखिएको छ भने तुलसीपुरमा कुल १४५ जनामा सङ्क्रमण देखिएको उल्लेख गरिन् । यस सचेताना कार्यक्रममा बोल्ने अतिथीहरुले एडस रोग लाग्नुका कारण, लक्ष्यण र रोकथामका उपायहरुको बारेमा जानकारी दिदै गर्भ निरोधात्मक साधनको उचित तरिकाले प्रयोग एबं एडस सङ्क्रमित भए नभएको चेक जाँच गरि थाहा पाउने तरिका प्रदर्शन गरेका थिए ।
कार्यक्रमका अध्यक्ष एवं विद्यालयका प्रधानाध्यापक छवि कुमार वलीले एड्स रोगवाट बच्नको लागि विद्यालयमा सिकेका जानेका ज्ञानका कुराहरु परिवार तथा समाजमा गएर प्रबाह गर्नुपर्ने बताएका थिए । कार्यक्रममा बोल्दै वलीले एडस रोग बाट सङ्क्रमितहरुलाई समाजमा घृणा,तिरस्कार होइन माया अनि हेरचाहको आवश्यकता हुने बताए ।
विद्यालयका कार्यक्रम सम्योजक तिलक डाङ्गीको स्वागत मन्तव्य बाट सुरुवात भएको कार्यक्रममा मानब स्वास्थ्य समाज दाङका पुष्पा वली, ज्ञानु शर्मा, भरमाया वली लगायतले बोलेका थिए । कार्यक्रमको सहजिकरण विद्यालयका कार्यक्रम प्रमुख शरद शर्माले मजगैयाले गरेका थिए ।
तपाईंको प्रतिक्रिया