आयुर्वेद चिकित्सालयलाई ५० सैयाको बनाउने प्रक्रिया अघि बढेको छ: मन्त्री मास्की

 मङि्सर १८, २०८०

तुलसीपुर । लुम्बिनी प्रदेशका अर्थमन्त्री धनबहादुर मास्कीले दाङको तुलसीपुर १९ विजौरी स्थित प्रादेशिक आयुर्वेद चिकित्सालयको अवलोकन गरेका छन् । त्यस अवसरमा मन्त्री मास्कीले आयुर्वेदलाई समय सापेक्ष बनाउनुपर्ने बताए । उनले एलोपेथिक भन्दा आयुर्वेद उपचार पद्धति न पहिले जन्मेको भन्दै यसलाई ब्यबस्थित बनाउनु पर्ने बताए ।“आयुर्वेदिक पुरानो उपचार विधि हो”,उनले भने “यसलाई समय सापेक्ष बनाउन आबश्यक छ ।”

साथै उक्त अस्पताललाई ५० सैयाको बनाउने गरि प्रक्रिया अघि बढाएको समेत मन्त्री मास्कीको भनाई छ । त्यसकालागि आबश्यक पूर्वाधार तथा जनशक्ति ब्यबस्थापन गर्न तर्फ आफू लागिरहेको उनले बताए । हाल अस्पतालमा दैनिक एक सय जना जतिले सेवा लिइरहेको अस्पतालका निर्देशक डा. सन्तोष ठाकुरले बताए । उनका अनुसार पछिल्लो समय आयुर्वेद पद्धतिबाट उपचार गर्नेहरु बढिरहेका छन् । अस्पतालमा हाल व्यायामशाला, अग्नी कर्म, जलौका कर्म, नियमित योगा, पञ्चकर्म, फिजियोथेरापी लगायतका सेवाहरू रहेका छन् ।

तपाईंको प्रतिक्रिया