रगत अभाव कम गर्न उपमहानगरद्धारा रक्तदानको आयोजना, ५१ जनाले गरे रक्तदान

 पुष ०६, २०८०

तुलसीपुर । रगत अभाव भइरहेको बेला अभाव टार्न तुलसीपुर उपमहानगरद्धारा सामुहीक रुपमा रक्तदान कार्यक्रमको आयोजना गरिएको छ । उपमहानगरको प्रागंनमा आयोजना गरिएको रक्तदान कार्यक्रममा नगर प्रमुख टिकाराम खड्का, कर्मचारी लगायत ५१ जनाले रक्तदान गरेका छन । सामुहिक रुपमा गरिएको रक्तदानले रगतको अभावमा दुख भोगेका ब्यक्तिहरु लाई राहत हुने अपेक्षा गरिएको छ ।

रगत अभाव हुन थालको सुन्नमा आएका हुदा अभाव टार्न सहजताको लागि रक्तदान कार्यक्रमको आयोजना गरेको नगर प्रमुख खड्काले बताए । ‘यसले विरामीका आफन्तलाई रगत खोज्दै भौतारीनुपर्ने बाध्यता टरेको छ नगर प्रमुख खड्काले भने’ । रक्तदान कार्यक्रममा रक्त संचार केन्द्र तुलसीपुरको टीमले प्राविधिक सहयोग गरेको जनश्वास्थ्य निरीक्षक बिमल केसीले जानकारी दिए ।

तपाईंको प्रतिक्रिया