चिकित्सक संघको वैठक सम्पन्न

 पुष ०७, २०८०

तुलसीपुर | राष्टिय चिकित्सक सङ्घ नेपाल दाङको विस्तारित वैठक शनिबार तुलसीपुरमा सम्पन्न भएको छ । संघ दाङका अध्यक्ष डा.पुष्प रिजालको अध्यक्षता एवम् नेकपा एमालेका लुम्विनि प्रदेश उपसचिव पुर्ण घर्तिको प्रमुख आतिथ्यता एवम् नेकपा एमालेका जिल्ला अध्यक्ष हुकुम बहादुर बस्नेतको विशेष उपस्थितिमा भएको विस्तारित वैठकले महासंघ दाङमा डा . सागर पन्थी, डा . सन्देश लम्साल, डा . एमडि हसुन, डा . नुरज श्रेष्ठ, डा . शिब कुमार रेग्मी र डा . उज्जल मण्डललाई सदस्यमा मनोनित समेत गरेको छ ।

सो अबसरमा राष्टिय स्वास्थ्यकर्मि संघ नेपाल केन्द्रिय निर्वाचन आयोगका सचिव विमल केसी , राष्टिय स्वास्थ्यकर्मि संघ नेपाल लुम्विनि प्रदेशका कोषाध्यक्ष दोर्ण वली , नेकपा एमालेका प्रदेश सदस्य पदम नेपाली , नेकपा एमालेका जिल्ला सचिवालय सदस्य संगीत बस्याल लगायतले शुभकामना मन्तब्य राख्नुभएको थियो ।

संघ दाङका कोषाध्यक्ष डा . चुडामणी न्यौपानेको स्वागत मन्तब्य बाट सुरु भएको वैठकको सहजीकरण सचिव डा. शिशिर पोख्रेलले गर्नुभएको थियो |

तपाईंको प्रतिक्रिया