“आगामी महामारीका लागि तयारी अवस्थामा बसौँ ”

 पुष ११, २०८०

विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का प्रमुख टेड्रोस अधानोम गेब्रेयससले भविष्यमा आउनसक्ने महामारीका लागि राम्रोसँग तयारी गर्न आावश्यक रहेको बताएका छन्। मंगलबार आफ्नो सन्देशमा महानिर्देशक गेब्रेयससले सन् २०२३ प्रमुख स्वास्थ्य चुनौतीसँग लड्नका लागि महत्त्वपूर्ण मोड साबित भएको तर यसले ‘अत्यधिक र बच्न सकिने पीडा’ पनि लिएर आएको बताए ।

मंगलबार डब्लूएचओको ७५औँ वर्ष समापन गर्दै उनले आपतकालीन तयारी र प्रतिक्रियाका सन्दर्भमा अर्को महामारीलाई रोक्न विश्वको तयारी कम नै रहेको बताए। ‘तर राष्ट्रहरूले महामारीको खतरामा पहिलोपटक वैश्विक सम्झौतामाथि छलफल गरिरहेकाले सन् २०२४ ले यी रिक्तता हटाउने अनौठो अवसर प्रदान गर्दछ’ उनले भने,  ‘विश्वव्यापी सहयोग र समानतामा रहेको खाडल पुर्नमहामारी सम्झौताको डिजाइन गरिएको छ।’

गेब्रेयससले गाजापट्टीका लागि राहत प्रयास तीव्र पार्न आह्वान गर्दै महामारीका क्रममा सार्वजनिक भएका तयारीको कमी हटाउन ‘स्मराणार्थक’ महामारी सम्झौतामा छाप लगाउन आग्रह गरे।

तपाईंको प्रतिक्रिया