कोरोनाको नयाँ भेरियन्ट जेएन– १ नेपालमा भेटियो

 पुष २३, २०८०

काठमाडौं । नेपालमा ओमिक्रोनको नयाँ सब–भेरियन्ट जेएन–१ पहिलो पटक पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जेएन–१ पुष्टि भएको बताएको छ ।

देशका विभिन्न भागहरूबाट विभिन्न उमेर समूहका व्यक्तिहरूबाट सङ्कलित १६ वटा पीसीआर तथा एन्टिजेन पोजेटिभ नमूनामध्ये ७ वटामा ओमिक्रोनको सब भेरियन्ट जेएन– १ पुष्टि भएको जनाएको छ । यो सँगै मन्त्रालयले जनस्वास्थ्यको मापदण्डहरू अनिवार्य रूपमा पालना गर्न गराउन अपिल गरेको छ ।

तपाईंको प्रतिक्रिया