थारु राजाको दरबारकाे विकास गर्न २ करोड ५० लाखकाे टेण्डर

 फागुन २५, २०८०

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ स्थित दंगिशरण राजा दरबार क्षेत्रकाे विकासका लागि २ करोड ५० लाखको टेन्डर भएको छ । ऐतिहासिक दंगिशरण थारु राजाको दरबारलाई पर्यटकीय क्षेत्रको रूपमा विकासका लागि बजेट बिनियाेजन भएको वडा नम्बर ११ का अध्यक्ष मान बहादुर रावतले जानकारी दिए ।

आफु निर्वाचित भएदेखि नै यसकाे बिकासका निम्ति सबैलाई स्थलगत जानकारी गराएकाेमा अहिले सार्थकता पाएकाे रावतले बताएका छन । दंगिशरण थारु राजाकोट सुकौरा लाई हेर्न जाऔ,घुम्न जाऔ सुकौरा बनाउने उद्देश्यले पर्यटकिय क्षेत्रका रुपमा स्थापित गर्न स्थानीय सरकार लागेकाे बताए । बहुबर्षिय टेन्डर गएकोमा ओझेलमा परेको थारु राजा दरबारकाे बिकासले समग्र थारु समुदाय र दाङ बासिको लागि गर्वगर्ने क्षेत्रको रुपमा बिकास हुने विश्वास ब्यक्त गरेका छन ।

दङ्गिशरण गाउपालिका चखौरामा थारू समुदायकाे ऐतिहासिक कुरा राखिएको छ । तर थारु समुदायकाे इतिहास सङ्ग सम्बन्धित नभएको ठाउमा विकास गरि सुकौरालाई आेझेलम पारेकाेमा थारु अगुवा असन्तुष्ट छन । हाल बजेट विनियोजनले केहि आशा जगाएकाे स्थानीय खुसिराम चाैधरिले बताएका छन ।

तपाईंको प्रतिक्रिया