नेविसंघले १२औं महाधिवेशन २०८१ पौषमा

 चैत २३, २०८०

तुलसीपुर । नेपाली कांग्रेसनिकट नेपाल विद्यार्थी संघ (नेविसंघ) ले आफ्नो १२ औं महाधिवेशन २०८१ साल पौष मसान्तभित्र सम्पन्न गर्ने निर्णय गरेको छ । लामो गुटगत विवादबिच बिहीबार सम्पन्न केन्द्रीय समितिको बैठकले यस्तो निर्णय गरेको हो। यद्यपि महाधिवेशनको मिति र कार्य तालिका भने मातृ पार्टी सँग आवश्यक समन्वय गरी तय गर्ने कार्यदिशा कार्यसम्पादन समितिलाई दिने सर्वसम्मतिले निर्णय गरेको छ ।

यस्तै पार्टीसँगको समन्वयमा एक महिनाभित्र कार्यसम्पादन समिति लगायतका विभिन्न समितिहरू गठन गर्ने पनि निर्णयमा उल्लेख छ । बैठकले यीसहितका विभिन्न चौबिस वटा निर्णय गरेको छ ।

तपाईंको प्रतिक्रिया