नँया बर्षको उपलक्ष्यमा मैत्रिपुर्ण फुटवल प्रतियोगिता

 चैत २९, २०८०

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १० स्थित सिर्जनशिल युवा क्लवले मैत्रिपुर्ण फुटवल प्रतियोगिताको आयोजना गरेको छ । नँया बर्षको उपलक्ष्यमा क्लवले चैत ३० गते शुक्रवारका दिन फुटवल प्रतियोगिताको आयोजना गरेको हो । विभिन्न पार्टीका जनबर्गिय संगठनका बिचमा फुटवल प्रतियोगिता हुने खेल संयोजक तिलक केसीले जानकारी दिए ।

दागँ जिल्लाको शान गौरीताल पर्यटन प्रबद्र्धन हाम्रो अभियान भन्ने नाराका साथ आयोजना गरिएको प्रतियोगितामा एमाले,काँग्रेस, माओवादी लगायतका पार्टिका संगठनका विच मैत्रिपुर्ण प्रतियोगिता हुने छ । प्रतियोगितामा विजेता पुरस्कार स्वरुप खस्सी प्रदान गरिने क्लवका सचिव सुमन कडेलले जानकारी दिए । गौरीगाँउ खेल मैदानमा विहान ७ बजेदेखि खेल सुरु हुने छ ।

 

तपाईंको प्रतिक्रिया