सहकारीमा बचत गरेको जनताको पैसा फिर्ता गर्छौं: गृहमन्त्री लामिछाने

 बैशाख ११, २०८१

दाङ । उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेले सहकारीमा बचत गरेको जनताको पैसा जसरी पनि फिर्ता गरिने बताएका छन् ।मंगलबार इलामको चुलाचुलीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै गृहमन्त्री लामिछानेले नीति ल्याएर, कानुन बनाएर वा संशोधन गरेर भए पनि जनताको पैसा फिर्ता हुने वातावरण सरकारले बनाउने बताएका हुन् ।

रास्वपाका सभापति समेत रहेका गृहमन्त्री लामिछानेले रास्वपालाई रोक्न नसकिए आफ्नो दिन सकिने ठानेर नै पुराना दलहरूले आफूहरूलाई घेराबन्दी गर्न थालेको बताए । अहिलेसम्म जनतालाई झुक्याए पनि अब नसक्ने भन्दै उनले इलामलाई अहिलेसम्म झुक्याउनेलाई उपनिर्वाचनमा इलामले नराम्रोसँग झुक्याउने दाबी पनि गरे ।

तपाईंको प्रतिक्रिया