मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

 बैशाख १२, २०८१

दाङ । देउखुरीको लमहीमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाकाे मृत्यु भएको छ । मृत्यु हुनेमा लमही नगरपालिका वडा नम्बर ७ बन घुस्री निवासी ४३ वर्षीय महेन्द्र गिरी रहेको ईलाका प्रहरी कार्यालय अमिलियाले जनाएको छ ।

त्यस्तै ट्रक राजमार्गमा राेकिएर राख्दा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ । शवलाई अहिले पाेष्टमार्टमकाे लागि लमही अस्पतालमा राखिएको छ भने ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटना सम्बन्धी अनुसन्धान गरिरहेको छ ।

तपाईंको प्रतिक्रिया