ऋषभ पन्तको उत्कृष्ट प्रदर्शनमा दिल्लीले गुजरातलाई हरायो

 बैशाख १३, २०८१

काठमाडौँ । कप्तान ऋषभ पन्तको उत्कृष्ट प्रदर्शनमा दिल्ली क्यापिटल्सले बुधबार गुजरात टाइटन्सलाई ४ रनले पराजित गरेको छ । दिल्लीले पहिले ब्याटिङ गर्दै चार विकेटको क्षतिमा २ सय २४ रन बनाएको थियो । त्यसमा ऋषभले ४३ बलमा ८८ रन बनाए । अक्षर पटेलले पनि ६६ रन जोडे । जवाफमा गुजरातले आठ विकेट गुमाएर २ सय २० रन मात्र बनाउन सक्यो । त्यसमा साई सुदर्शनको ६५ रनको योगदान रह्यो ।

ऋषभले दुई क्याच पनि लिए र उनी नै ‘प्लेयर अफ द म्याच’ रहे । यो जितपछि दिल्लीको आठ अंक भएको छ र छैटौं स्थानमा छ । गुजरात पनि समान ८ अंकमा छ र सातौं स्थानमा झरेको छ ।

 

तपाईंको प्रतिक्रिया