सन्दीप अमेरिका जान भिसा प्रक्रिया अघि बढ्यो

 जेठ ०८, २०८१

काठमाण्डौं । नेपाल क्रिकेट संघ (क्यान)ले पूर्वकप्तान सन्दीप लामिछानेलाई टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा सहभागी हुन पठाउने प्रक्रिया अगाडि बढाएको छ । क्यानका सचिव पारस खड्काले मंगलबार विज्ञप्ति जारी गर्दै सन्दीपको अमेरिका जाने भिसाको प्रक्रिया अगाडि बढाइएको जानकारी दिएका हुन् । उनले सन्दीपलाई प्रतियोगितामा सहभागी हुन पठाउने सन्दर्भमा अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)सँग समेत पहल भइरहेको विज्ञप्तिमा उल्लेख गरेका छन् ।

यसअघि नै टी–२० विश्वकप क्रिकेटका लागि नेपालले रोहित पौडेलको कप्तानीमा १५ सदस्यीय टोली अमेरिका पठाइसकेको छ । त्यतिबेला सन्दीपको मुद्दा अदालतमा विचाराधीन भएकाले टोलीमा समेटिएका थिएनन् । बलात्कार मुद्दामा सन्दीपले उच्च अदालत पाटनबाट गत बुधबार सफाइ पाएका थिए । यससँगै उनले विश्वकप खेल्ने बाटो खुलेको छ । सन्दीपले कीर्तिपुरस्थित त्रिवि मैदानमा अभ्यास गरिरहेका छन् । उनलाई विनोद भण्डारीलगायत अन्य खेलाडीले साथ दिएका थिए ।   टी–२० विश्वकप यही जुन १ देखि शुरू हुँदैछ । यो प्रतियोगिता अमेरिका र वेस्ट इन्डिजमा हुँदैछ ।

null

तपाईंको प्रतिक्रिया