कांग्रेस कोटाबाट नियुक्त राजदूत फिर्ता बोलाउने सरकारको निर्णय

 जेठ २४, २०८१

काठमाडौं । सरकारले ११ देशका राजदुन फिर्ता बोलाउने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आज बसेको बैठकले भारत र अमेरिकासहित ११ राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको हो । मन्त्रिपरिषदको बैठकले कांग्रेस कोटाबाट नियुक्त राजदूत फिर्ता बोलाउने निर्णय गरेको हो ।

फिर्ता हुनेमा भारतका शंकर शर्मा, अमेरिकाका श्रीधर खत्री, बेलायतका ज्ञानचन्द्र आचार्यसमेत छन् । सञ्चारमन्त्री रेखा शर्माका अनुसार अमेरिका, भारत, बेलायत, कतार, साउदी अरब, दक्षिण कोरिया, मलेसिया, स्पेन, पोर्चुगल, डेनमार्क र इजरायलका राजदूत फिर्ता बोलाउने निर्णय भएको हो ।

फिर्ता हुनेमा इजरालयकी कान्ता रिजाल, साउदी अरवमा नवराज सुवेदी, कतारका नरेश ढकाल, मलेसियाका डिल्लीराम पौडेल, डेनमार्ककका रामस्वार्थ राय, स्पेनकी शर्मिला पराजुली, पोर्चुगलका शनिल नेपाल र दक्षिण कोरियाका डा. ज्योती प्याकुरेल समेत छन् । फिर्ता भएकामा मलेसियाका पौडेल नेकपा एस र साउदीका सुवेदी बाबुराम भट्टराईको कोटाबाट नियुक्त भएका थिए ।

२०८१ जेठ २४ गतेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णयहरुः
१. सम्माननीय प्रधानमन्त्रीज्यूले भारतका प्रधानमन्त्रीको सपथग्रहण समारोहमा सहभागिता जनाउनुहुने ।
२. लगानी सहजीकरण सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक संघीय संसदमा पेश गर्न स्वीकृति दिने ।
३. हेटौडा सिमेन्ट उद्योगको अध्यक्ष पदमा श्री नरेन्द्र भण्डारीलाई नियुक्त गर्ने ।
४. औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको महाप्रबन्धक पदमा श्री पदम ओलीलाई नियुक्त गर्ने ।
५. मेलम्ची खानेपानी आयोजनाको नयाँ हेडवर्क्स र थप संरचना मेलम्ची नदीको माथिल्लो तटीय क्षेत्रको उपयुक्त स्थानमा निर्माण गर्न सैद्धान्तिक स्वीकृति दिने ।
६. अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको कार्यकारी निर्देशक पदमा श्री तेजबहादुर राईलाई तोक्ने ।
७. जनस्वास्थ्य सेवा ऐन, २०७५ को दफा ४९ को उपदफा (१) बमोजिमका ५२ रोगहरुलाई सङ्क्राम रोगहरुको रुपमा तोक्ने ।
८. जीवनाशक विषादी व्यवस्थापन नियमावली, २०८१ स्वीकृत गर्ने ।
९. ज्येष्ठ नागरिकसम्बन्धी (पहिलो संशोधन) नियमावली, २०८१ स्वीकृत गर्ने ।

तपाईंको प्रतिक्रिया