प्रधानमन्त्री प्रचण्ड र भारतीय समकक्षी मोदीबीच भेटवार्ता

 जेठ २८, २०८१

काठमाडौं । भारतको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र उनका समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । आइतबार बेलुका भएको भेटमा प्रधानमन्त्रीले लगातार तेस्राे कार्यकालका लागि भारतको प्रधानमन्त्रीको पदभार ग्रहण गरेकाेमा समकक्षी मोदीलाई बधाई दिँदै उनको तेस्राे कार्यकालमा नेपाल र भारतबीचको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गरे ।

भेटमा उनीहरूबीच नेपाल–भारतबीच रहिआएको आपसी सम्बन्ध र द्विपक्षीय हितका विविध विषयमा छलफल भएको थियो। सो अवसरमा उनीहरूबीच विगतमा भएका समझदारी एवं सम्झौताहरूको कार्यान्वयनबारे छलफल भएको थियो । प्रधानमन्त्री प्रचण्ड आइतबार साँझ प्रधानमन्त्री मोदीको शपथग्रहण समारोहमा सहभागी भएका थिए। उनी आइतबार नै भारतको नयाँदिल्ली प्रस्थान गरेका थिए। प्रधानमन्त्री प्रचण्ड आज साँझ स्वदेश फर्किने कार्यक्रम छ।

तपाईंको प्रतिक्रिया