श्रीमणी आचार्यको शालिक अनावरण कार्यक्रमको तयारी तिब्र

 जेठ ३१, २०८१

तुलसीपुर । स्वर्गीय श्रीमणी आचार्यको शालिक अनावरण कार्यक्रमको तयारी तिब्र पारिएको छ । शैक्षिक तथा बाम आन्दोलनका अथक योद्धा आचार्यको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ मालेडाँडास्थित बन्न थालेको श्रीमणी पार्कमा शालिक अनावरण गरिदै छ । असार ८ गते विहान ७ बजे कार्यक्रमको आयोजना गरिएको छ । कार्यक्रमको तयारी स्वरुप उपस्थितीको लागि निमन्त्रणा पत्र बाड्ने कार्य चलिरहेको छ ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलद्धारा अनाबरण हुने कार्यक्रमको निमन्त्रणा पत्र एमाले जिल्ला कमिटिलाई प्रदान गरिएको छ । अध्यक्ष शिव कुमार आचार्यलाई वडा नम्बर ११ का अध्यक्ष मान बहादुर रावतले पत्र हस्तान्तरण गरेका हुन । यस्तै कार्यक्रम स्थलमा सरसफाई लगायतको तयारी तिब्र पारिएको श्रीमणी आचार्य शालिक निर्माण उपभोक्ता समितीले जनाएको छ ।

तपाईंको प्रतिक्रिया