श्रीमणी आचार्यको सालिक अनाबरण

 असार ०९, २०८१

तुलसीपुर । नेकपा (एमाले) महासचिब शंकर पोखरेलले २०८४ सम्म अहिलेको सत्तासमीकरण कायम हुने बताएका छन । दाङको तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ हस्नापुरमा निर्माण गरिएको श्रीमणी आचार्यको सालिक अनाबरण कार्यक्रमलाई शनिबार सम्बोधन गर्दै महासचिब पोख्रेलले सत्तासमिकरणको यात्रा लामो रहेको हुदा एमालेले प्रधानमन्त्री नचाहेकाे  समेत बताएका छन ।

साथै महासचिब पोख्रेलले शंकटमा सबै राजनीतिक दलहरु एक ठाउँमा आउनुपर्ने बताएका छन । राजनीतिक दलहरुले विश्वासको वातावरण बनाउनु पर्ने महासचिब पोख्रेलको भनाई थियो ।

कार्यक्रममा काँग्रेस केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य दीपक गिरीले संविधान परिवर्तनको आवस्यता रहेको बताएका थिए । उनले संसदको पहिलो र दोस्रो दल एक हुन आवस्यक रहेको समेत बताएका थिए । कार्यक्रममा सहभागि अन्य बक्ताहरुले श्रीमणी आचार्यले शैक्षिक तथा राजनीतिक क्षेत्रमा दिएको सन्देशलाई सबैले अनुसरन गर्नुपर्ने बताएका थिए ।

बक्ताहरुले राजनीतिक दलहरुबीचको सम्बन्ध, सहअस्तित्वलाई स्वीकार गरि सहकार्यको भावनामा अगाडी बढ्नु पर्ने बताएका थिए । शालिक राखिएको स्थानलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गर्नकालागि पार्क निर्माण गर्ने योजना रहेको छ । सोही ठाउँमा श्रीमणी आचार्यले नै खानेपानी ल्याएको भन्दै हस्नापुर बेलटाकुरा खानेपानी समितिले सालिक निर्माणको प्रक्रिया अघि बढाएको हो ।

शालिक निर्माण समितिका अध्यक्ष घमण्ड बहादुर मल्लको अध्यक्षतामा भएको कार्यक्रममा तुलसीपुर उपमहानगरपािलका वडा नम्बर ११ का वडाध्यक्ष मान बहादुर रावतले स्वागत गरेका थिए भने सहजिकरण सचिव हरी प्रसाद वलीले गरेका थिए । बाम लोकतान्त्रीक आन्दाेलनका योद्धा आचार्यको २०६४ पुस ३ गते निधन भएको थियो ।

तपाईंको प्रतिक्रिया