७३औ मदन जयन्तीको अवसरमा बृक्षारोपन

 असार १५, २०८१

तुलसीपुर । ७३औ मदन जयन्तीको अवसरमा अनेरास्ववियु दाङले बृक्षारोपन कार्यक्रम गरेको छ । अनेरास्ववियुले राप्ती बबइ क्याम्पस तुलसीपुरमा बृक्षारोपन गरेको हो । अनेरास्ववियु दाङका अध्यक्ष गणेश खड्काको अध्यक्षता तथा एमाले दाङको उपाध्यक्ष मनोहर बुढाथोकीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । त्यस अवसरमा अनेरास्ववियुका केन्द्रिय सदस्य सर्जन परियार, क्याम्पस सञ्चालक समितिका उपाध्यक्ष मीन राज वली, एमाले दाङका सदस्य सगित बस्याल, पदम पोख्रेल सुनिलआचार्य लगायतले बोलेका थिए । बिरुवा रोपौँ वातावरण बचाउ भन्ने उद्देश्यले अमला,हर्रोबर्रो लगायतका विरुवाहरु रोपिएको हो ।

यस्तै, नेकपा एमाले तुलसीपुर उपमहानगरपालिका कमिटीले पनि मदन भन्डारीको ७३औं जन्म जयन्तीको अवसरमा बृक्षारोपन गरेको छ । वडा नं १२ रझेनामा रहेको वृद्धाआश्रममा वृक्षारोपण कार्यक्रम सम्पन्न गरेको नगर सचिव रुप बहादुर खत्रीले जानकारी दिए । त्यस अवसरमा नेकपा एमालेका नेताहरु कोमल वली,हिराचन्द्र केसी, नगर प्रमुख टिकाराम खड्का,निवर्तमान जिल्ला अध्यक्ष हुकुम बहादुर बस्नेत लगायतको सहभागिता थियो ।

 

तपाईंको प्रतिक्रिया