साईकलयात्रीको टोलीलाई उरहरी बजारमा भव्य स्वागत
तुलसीपुर । तुलसीपुर देखि निस्किएको साईकलयात्रीहरूको टोलीलाई तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ ले स्वागत तथा सम्मान गरेको छ । वडा कार्यालयको आयोजनामा उरहरी चोकमा एक कार्यक्रमको आयोजना गरि स्वागत गरिएको हो ।
साईकल यात्राले वाताबरण पनि स्वच्छ हुने र स्वास्थ्य र पर्यटन प्रबर्द्धन गर्नमा सहयोग पुग्ने भन्दै स्वागत गरिएको वडाध्यक्ष मान बहादुर रावतले बताए । उनले यो अभियानको सफलताको लागि शुभकामना समेत ब्यक्त गरेका थिए । पछिल्लो समय साईक्लिङ प्रति रुचि बढेको हुदा यसले आर्थिक र सामाजिक दृष्टिकोणले फाईदाजनक रहेको अध्यक्ष रावतले बताएका थिए ।
त्यस क्रममा वडा सदस्यहरु, स्थानिय लगायते स्वागत गरेका थिए । साईक्लिङमा सहभागी रहेका रश्मि राज अधिकारीले आजको यात्रा तुलसीपुर हुँदै सितलपुर, उरहरी देखि दामोदर सडक हुँदै बेल्टाकुरा,सुकौरा, बैबाङ भएर तुलसीपुर आईपुग्ने बताएका छन ।




तपाईंको प्रतिक्रिया