एमाले नेता रावतलाई स्थानिय निकाय विभाग प्रमुखको जिम्मेवारी

तुलसीपुर । नेकपा एमालेको जिल्ला कमिटि बैठक घोराहीमा बसेको छ । पहिलो बैठकले विभिन्न निर्णयहरु गरेको छ । बैठकले स्थानिय निकाय विभाग प्रमुखको जिम्मेवारी मान बहादुर रावतलाई दिने निर्णय गरेको प्रचार विभाग प्रमुख संगीत बस्यालले जानकारी दिएका छन । जिल्ला अध्यक्ष शिव कुमार आचार्यको अध्यक्षता तथा एमालेका महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यमा बैठक बसेको हो । हाल पार्टिको कुनैपनि जिम्मेवारीमा नरहेका रावतलाई जिल्ला कमिटि सदस्य सचिवालय हुदै स्थानिय निकाय विभागको जिम्मेवारी दिईएको हो ।
रावतले आफु कुनै पनि पदमा नबसि जिल्ला अधिबेशन सर्वसम्मत बनाउन महत्वपुर्ण भुमिका निर्वाह गरेका थिए । लोकप्रिय नेताका रुपमा परिचित रावतले गएको स्थानिय तहको निर्वाचनमा तुलसीपुर ११ वडामा गठबन्धनलाई झण्डै १ हजार मतान्तरले हराएका थिए ।
उनि कर्मचारीका रुपमा करीव २० बर्ष काम गर्दा खेरी नै पार्टिको राजनितिमा सक्रिय थिए । श्रीमणी आचार्यको चेलाका रुपमा उदाएका रावत संग विपक्षी पार्टिलाई समेत मिलाएर लैजान सक्ने क्षमता छ । उनले नेतृत्व गरेका सामाजिक काम सफल बन्ने गर्दछन । हाल जनताको चाहना अनुसार प्रदेश,स्थानिय र वडाको बजेटबाट उल्लेख्य मात्रामा काम समेत गरेका छन ।
तपाईंको प्रतिक्रिया