वडाध्यक्ष कप फुटवल प्रतियोगिताको फाईनलमा बेलटाकुरा र बबइ लेजेण्ड भिड्ने
तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा न ११ मा जारी वडाध्यक्ष कप फुटवल प्रतियोगिताको फाइनलमा बेलटाकुरा टिम ए र बबई लेजेण्ड ए भिड्ने भएका छन । अमर मावि उरहरीको खेल मैदानमा सञ्चालित अध्यक्ष कप फुटबल प्रतियोगिता २०८१ को पहिलो सेमिफाईनलमा मोतिपुर टिम ए लाई २-१ गोल अन्तरले हराउदै बबई लेजेण्ड ए फाईनल प्रबेश गरेको हो ।

अर्को खेलमा बेलगनारलाई २-१ ले हराउदै बेलटाकुरा टिम ए ले फाईनलमा स्थान सुरक्ष्ति गरेको हो । निकै नै प्रतिस्पर्धा भएको खेलमा सुरुवाती अग्रता बेलटाकुराले लिएको थियो । केहि समयपछि बेलगनारले बराबरी गोल फर्काएको थियो । केहि समयमा बेलटाकुराबाट प्रहार भएको बल क्लियर गर्ने क्रममा आत्मघाति गोल हुन पुगेको थियो ।
फाईनल खेल भोली दिउसो हुने भएको छ । आजको खेलमा गोल गर्नेलाई ५ सय पुरस्कारको ब्यवस्था डम्बर ओली,केशर बस्नेत र सन्तोष रावतले गरेका थिए । यसैबिच प्रतियोगिता भोली दिउसो १ बजे हुने फाइनल खेलमा उपस्थितीको लागि वडाध्यक्ष मान बहादुर रावतले अनुरोध गरेका छन । खेलाडीको मनोवल उच्च बनाउनका लागि प्रतिगोलको १ हजार पुरस्कारको समेत ब्यवस्था गरिएके वडाध्यक्ष रावतले जानकारी दिए ।
स्थानिय स्तरमा फुटबल खेलको बिकास र बिस्तार गर्न आयोजित प्रतियोगिताको बिजेता टिमले नगद ४० हजार,कप, मेडल प्रमाणपत्र हात पार्नेछ । त्यस्तै उपबिजेता टिमले नगद २५ हजार,कप, मेडल तथा प्रमाणपत्र हात पार्नेछ भने ब्यक्तिगत बिधा तर्फ बेष्ट प्लेयर र बेष्ट किप्परलाई ट्रफी प्रदान गरिने छ । प्रतियोगितामा ११ टिमको सहभागिता रहेको थियो।




तपाईंको प्रतिक्रिया