पहिलो हाफमा नेपाललाई ४-० को अग्रता

 कार्तिक ०८, २०८१

काठमाडौं । साफ महिला च्याम्पियनसिप २०२४ अन्तर्गत समूह चरणको अन्तिम खेलमा नेपालले श्रीलंकासँग खेलिरहेको छ । पहिलो हाफमा नेपाल ४(० ले अघि छ । सुरुवाती मिनेटदेखि आक्रमण बुनेको नेपालले पहिलो हाफ अवधिभर श्रीलंकालाई दबाबमा राखेको छ । सावित्रा भण्डारी साम्बाले पहिलो रोजाइमा खेल्दै उच्च प्रदर्शन गरेकी छिन् । उनले नेपालले गरेको ४ गोलमा १ गोल र २ असिस्ट दिएकी छिन् । रेखा पौडेलले २ र सविता राना मगरले १ गोल गरेका छन् ।

समूहमा भुटान ३ खेलमा ७ अंकका साथ शीर्षस्थानमा छ । नेपालको २ खेलमा ४ अंक र श्रीलंकाको २ खेलमा ३ अंक छ । यस खेलमा ५ गोलको अन्तरले जित हासिल गरे नेपाल सेमिफाइनलमा स्थान पक्का गर्नेछ । समूह ए बाट बंगलादेश समूह विजेता बन्दै सेमिफाइनलमा प्रवेश गरिसकेको छ । भारत भने उपविजेता बनेको हो । सेमिफाइनल खेलहरु आइतबार हुनेछन् ।

तपाईंको प्रतिक्रिया