हिरा डाँगी स्मृति कप फूटबल: टरीगाँउ युथ क्लव सेमिफाइनल प्रबेश

 मङि्सर ०४, २०८१

लक्ष्मण बस्नेत,तुलसीपुर । टरीगाँउ युथ क्लव दाङको तुलसीपुरमा जारी चौथो हिरा डाँगी स्मृति कप आमन्त्रित फुटबल प्रतियोगिता २०८१ को सेमिफाइनलमा प्रवेश गरेको छ । हिरा डाँगी फाउन्डेसन तुलसिपुर ५ को आयोजनामा संचालित प्रतियोगिताको आज सम्पन्न खेलमा सहारा फुटवल क्लव भारतलाई सर्ट एण्ड डेथमा ५-४ गोलले पराजित गर्दै टरीगाउ युथ क्लवले सेमिफाइनल यात्रा तय गरेको हो ।

दर्शकले खचाखच भरिएको अरनिको मैदानमा भएको कडा प्रतिस्पर्धा,रोमाञ्चक अनि शानदार खेलमा दुबै टिम निकै आक्रमक रुपमा प्रस्तुत भईरदा लाई १(१ को बराबरीमा पुर्‍याउन सफल भए । दोस्रो हाफमा टरीगाउले थुप्रैगोल गर्ने सुनौला अवसर गुमाएको थियो । निर्धारित समय सम्म बरबरी खेलेपछी खेलको नतिजा पेनाल्टी सुटआउट बाट निकालिएको थियो । पेनाल्टीमा सहारा क्लवको एउटा प्रहार टरीगाउ युथ क्लवका विशाल केसीले विफल पारेका थिए ।

प्रतियोगितामा यस अघि राईजिङ स्टार घोराही,युएनबिसी घोराही सेमिफाईनल पुगिसकेका छन ।

तपाईंको प्रतिक्रिया