हिरा डाँगी स्मृति कप फूटबल: कपिलवस्तु ११ लाई बिर्गेड ब्वाईजले हरायो

 मङि्सर ०५, २०८१

लक्ष्मण बस्नेत, तुलसीपुर । दाङको तुलसीपुरमा जारी चौथो हिरा डाँगी स्मृति कप आमन्त्रित फुटबल प्रतियोगिता २०८१ मा भोलि बिहिवार देखि सेमिफाइनलका खेलहरु हुदैछन् । हिरा डाँगी फाउन्डेसन तुलसीपुर ५ को आयोजनामा संचालित प्रतियोगिताको बिहिवार दिउँसो हुने पहिलो सेमिफाइनल खेलमा राईजिङ स्टार फुटबल क्लब घोराही र टरिगाउ युवा क्लब तुलसिपुर भिड्नेछन् ।

खेल दिउँसो २ बजे देखि सुरु हुनेछ । राइजिङले स्काई क्लब सुर्खेत लाई क्वाटर फाईनल खेलमा ४-१ ले पराजित गर्दै सेमिफाइनल यात्रा तय गरेको थियो भने टरिगाउले साहारा फुटबल क्लब लखनउ ट्राईबेकरमा ५-३ होल ले पराजित गर्दै राईजिङ स्टार संगको सेमिफाइनल भेट पक्का गरेको हो । त्यस्तै सुक्रवार दिउसो हुने दोस्रो सेमिफाइनलमा युएनबिसी घोराही र बिर्गेड ब्वाईज फुटबल क्लब ललितपुर काठमाडौ आमनेसामने हुनेछन् । युएनबिसिले ज्ञानज्योती ईनोभेटिम लाई सर्ट एण्ड डेथमा ६-५ ले पराजित गर्दै सेमिफाइनल यात्रा तय गर्दा बिर्गेड ब्वाईजले आज बुधबार सम्पन्न क्वाटर फाइनल खेलमा कपिलवस्तु ११ लाई ४-२ गोल ले पराजित गर्दै युएनबिसी संगको सेमिफाइनल भिडन्त पक्का गरेको हो ।

मङ्सिर ८ गते सम्म संचालन हुने प्रतियोगिताको उपाधी चुम्ने टिमले नगद २ लाख २ हजार २ सय नगद पुरस्कार, कप, मेडल, प्रमाणपत्र हात पार्नेछ । त्यस्तै उपविजेताले नगद १ लाख १ हजार १ सय कप,मेडल, प्रमाणपत्र हात पार्नेछ । त्यसैगरी प्रतियोगिता अवधीभर उत्कृष्ट खेल प्रर्दशन गर्ने ब्यक्तीगत बिधा तर्फका खेलाडी लाई जनही ५ हजारका दरले नगद पुरस्कार तथा ट्रफी प्रदान गरिनेछ भने प्रत्येक म्याचको म्यान अफ द म्याच हुने खेलाडी लाई नगद १५ सय तथा ट्रफी प्रदान गरिने खेल दिउँसो २ बजे देखि सुरु हुने प्रतियोगिता मुल आयोजक समितिका संयोजक प्रीती बहादुर गिरि प्रेसले जानकारी दिनु भएकोछ ।

तपाईंको प्रतिक्रिया