हिरा डाँगी स्मृति कप फूटबल: टरीगाँउ युथ क्लव फाइनलमा प्रबेश
लक्ष्मण बस्नेत,तुलसीपुर । टरिगाउ युवा क्लब दाङको तुलसीपुरमा जारी चौथो हिरा डाँगी स्मृति कप आमन्त्रित फुटबल प्रतियोगिता २०८१ को फाईनलमा प्रबेश गरेको छ । हिरा डाँगी फाउन्डेसन तुलसिपुर ५ को आयोजनामा संचालित प्रतियोगिताको बिहिवार दिउँसो पहिलो सेमिफाइनल खेलमा राईजिङ स्टार फुटबल क्लब घोराहीलाई ट्राईबेकरमा ५ -४ गोलले हराउदै टरिगाउ युवा क्लब फाइनल पुगेको हो । निर्धारीत समयमा १-१ को बराबरीमा सकिएपछि खेल ट्राईबेकरमा गएको थियो ।
त्यस्तै सुक्रवार दिउसो हुने दोस्रो सेमिफाइनलमा युएनबिसी घोराही र बिर्गेड ब्वाईज फुटबल क्लब ललितपुर काठमाडौ आमनेसामने हुनेछन् ।
मङ्सिर ८ गते सम्म संचालन हुने प्रतियोगिताको उपाधी चुम्ने टिमले नगद २ लाख २ हजार २ सय नगद पुरस्कार, कप, मेडल, प्रमाणपत्र हात पार्नेछ । त्यस्तै उपविजेताले नगद १ लाख १ हजार १ सय कप,मेडल, प्रमाणपत्र हात पार्नेछ ।
त्यसैगरी प्रतियोगिता अवधीभर उत्कृष्ट खेल प्रर्दशन गर्ने ब्यक्तीगत बिधा तर्फका खेलाडी लाई जनही ५ हजारका दरले नगद पुरस्कार तथा ट्रफी प्रदान गरिनेछ भने प्रत्येक म्याचको म्यान अफ द म्याच हुने खेलाडी लाई नगद १५ सय तथा ट्रफी प्रदान गरिने प्रतियोगिता मुल आयोजक समितिका संयोजक प्रीती बहादुर गिरि प्रेसले जानकारी दिनु भएकोछ ।




तपाईंको प्रतिक्रिया