प्रथम नेविसंघ कप क्रिकेटको उपाधी ग्रेट अरनिकोले जित्यो

 मङि्सर ०९, २०८१

तुलसीपुर । प्रथम नेविसंघ कप अन्तर कलेज क्रिकेट प्रतियोगिताको उपाधी ग्रेट अरनिको तुलसीपुरले चुमेको छ ।  आइतबार भएको फाइनल खेलमा अम्बेकिश्वर क्याम्पस घोराहीलाई ६ रनले पराजित गर्दै ग्रेट अरनिकोले उपाधि सहित नगद २५ हजार र ट्रफि प्राप्त गरेको हो । टस जितेर व्याटिङमा आएको ग्रेट अरनीकोले निर्धारीत २० ओभर पुरै खेल्दै ५ विकेटको क्षतीमा १३७ रन बनाउन सफल भएको थियो । जस्मा विक्की रोकाले ३५ र रोशन खत्रीले २८ रन बनाएका थिय । अम्बेकिश्वरी क्याम्पस घोराहीका बलर आयुष वलीले ४ ओभर बलिङ गर्दै ३० रन दिएर २ विकेट लिएका थिए ।

१३८ रनको लक्ष्य लिएर मैदानमा उत्रेको अम्बेकिश्वरी क्याम्पस १९.४ ओभरमा अलआउट हुदै १३१ रन बनाउन सफल भएको थियो । जसमा आयुश वलीले ४५ रन र शिसिर डिसिले २३ रन बनाउनु बाहेक अरु व्याट्सम्यानले रन बनाउन नसक्दा प्रथम नेविसंघ कप अन्तर कलेज क्रिकेट प्रतियोगिताको उपविजेता बनेको हो । उप विजेता चित्त बुझाएको उस्ले नगद १५ हजार र ट्रफि प्राप्त गरेको छ । नेपाल विद्यार्थी संघ राप्ती इन्जिनियरिङ कलेज एकाई समितिको आयोजनामा गत मंगलवारदेखि घोराही उपमहानगरपालिका–१७ गुलरिया क्रिकेट मैदानमा प्रतियोगिता सञ्चालन भएको थियो ।

नेपाल विद्यार्थी संघ राप्ती इन्जिनियरिङ कलेज एकाई समितिका सभापति विजय विष्टको अध्यक्षता तथा नेपाली कांग्रेस लुम्बिनी प्रदेशका सहमहामन्त्री खगराज पाण्डेको प्रमुख आतिथ्यता एंव नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य प्रदिप मज्गैया, राप्ती ईन्जिनियरिङ क्याम्पका प्रवन्ध निर्देशक डा. भिमसेन गिरी र नेपाल विद्यार्थी संघका केन्द्रीय सदस्य निरज गिरीको विशिष्ट आतिथ्यमा प्रतियोगिताको समापन गरिएको थियो । प्रतियोगितामा जिल्लाका २० टिमको सहभागीता रहेको थियोे ।

तपाईंको प्रतिक्रिया