ऋषभ पन्त आईपीएल इतिहासकै महँगा खेलाडी
काठमाण्डौ । भारतीय क्रिकेट टिमका विकेटकीपर ब्याटर ऋषभ पन्त इन्डिन प्रिमियर लिग (आईपीएल) क्रिकेट इतिहासकै महँगा खेलाडी बनेका छन् । भारतकै श्रेयस अय्यरलाई पछि पार्दै पन्त आईपीएल इतिहासकै महँगा खेलाडी बनेका हुन् । आउँदो वर्षको आईपीएलका लागि आज भएको अक्शनमा यो समाचार तयार पार्दासम्म पन्तलाई लखनउ सुपर जायन्ट्सले २७ करोड भारुमा अनुबन्ध गरेको हो । यसअघि दिल्ली क्यापिटल्समा रहेका पन्तको न्यूनतम अक्शन मूल्य २ करोड भारु रहेको थियो ।
यसअघि आजै अय्यरलाई पञ्जाब किङ्ग्सले २६ करोड ७५ लाख भारुमा अनुबन्ध गरेको थियो । यसअघि मिचेल स्टार्कलाई गएको वर्ष कोलकाता नाइट राइडर्सले २४ करोड ७५ लाख भारुमा अनुबन्ध गर्दा उनी सर्वाधिक महँगा खेलाडी बनेका थिए । आजको अक्शनमा भारतका इसान किसन ११ करोड २५ लाखमा हैदाराबादमा, इङ्गल्यान्डका फिल साल्ट ११ करोड ५० लाखमा आरसिवीमा,अस्ट्रेलियाका मार्कस स्टोईनिस ११ करोडमा पञ्जावमा,भारतका बेकंटेश ऐयर २३ करोड ७५ लाखमा कोलकोत्तामा,रविचन्द्रन आश्विन ९ करोड ७५ लाखमा चेन्नईमा, जितेश शर्मा ११ करोडमा आरसीवीमा, इङ्गल्यान्डका जोस बटलर १५ करोड ७५ लाखमा गुजरात टाइटन्समा, अस्ट्रेलियाका मिचेल स्टार्क ११ करोड ७५ लाखमा दिल्लीमा, दक्षिण अफ्रिकाका कागिसो रबाडा १० करोड ७५ लाखमा गुजरातमा, भारतका मोहम्मद शमी १० करोडमा सनराइजर्स हैदराबादमा, भारतकै युजवेन्द्र चाहल १८ करोड भारुमा पञ्जाबमा अनुबन्ध भएका छन् ।
यस्तै भारतका मोहम्मद सिराज १२ करोड २५ लाखमा गुजरातमा, भारतकै केएल राहुल १४ करोड भारुमा दिल्लीमा अनुबन्ध भएका छन् । यस्तै भारतका अर्शदीप सिंहलाई पञ्जाबले १८ करोड भारुमा ‘राइट टु म्याच’ ९आरटीएम० को विकल्पमा अनुबन्ध गरेको छ ।




तपाईंको प्रतिक्रिया