मकैको पोस्करबाट हस्तकलाका सामग्री बनाउन सिँकाइदै

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर २ मा थाकल मकैको, पोस्कर तथा परालबाट हस्तकलाका सामग्री निर्माण सम्बन्धी १५ दिने तालिम सुरु भएको छ । ग्रीन फाउन्डेसन नेपाल र आरआरआईको संयुक्त आयोजना तथा तुलसीपुर उपमहानगरपालिका वडा नम्बर २ को सहकार्यमा तालिमको सुरु भएको हो ।
ग्रीण फाउन्डेसन नेपाल दाङका अध्यक्ष बिष्णु वहादुर केसीको अध्यक्षता तथा ग्रीन फाउन्डेसन नेपालका केन्द्रिय अध्यक्ष घनश्याम पाण्डेको प्रमुख आतिथ्यमा एवं तुलसीपुर उपमहानगरपालिका वडा नम्बर २ का वडाध्यक्ष भिम बहादुर योगीको बिशिष्ठ आतिथ्यमा तालिमको उद्घाटन भएको थियो । तालिम उद्घाटन गर्दै प्रमुख अतिथी पाण्डेले कच्चासामग्री खरिदमा रकम खर्च गर्न नपर्ने, गाउँघरमा भने जति सामग्री पाइने भएकाले महिलाका लागि यो सीप अति उपयोगी रहेको बताएका थिए । उनले यो सीप सिकेसँगै व्यावसायिक उत्पादनमा महिलाहरु अघि बढ्न सक्ने बताएका थिए ।
ग्रीन फाउन्डेसन दाङका कोषाध्यक्ष अम्बिका योगीको स्वागत मन्तज्व्यबाट सुरु भएको कार्यक्रमा ग्रीन फाउन्डेसन दाङका सचिव जित बहादुर खड्का, वडाका सचिव माधव पौडेल, वडा सदस्य मोहन डाँगी,माया सुनार, हुमा घर्ती, समाजसेबी शंकर डाँगी लगायतको सहभागिता रहेको थियो । मंसीर २४ गते सम्म सञ्चालन हुने तालिममा वडा नं १,२,३,८ का ३० जना महिलाहरुको सहभागिता रहेको छ । कार्यक्रमको सहजीकरण कार्यक्रम संयोजक दिपक परियारले गरेका थिए ।
तपाईंको प्रतिक्रिया