तुलसीपुरमा भिआर गेम सहितको स्केट पार्क सञ्चालनमा

 मङि्सर १५, २०८१

तुलसीपुर । तुलसीपुरमा भिआर गेम सहितको स्केट पार्क सञ्चालनमा आएको छ । मदनआश्रीत चोक देखि एक सय मिटर पश्चिम तर्फ नायक गेमिङ जोन एण्ड स्केट पार्कको आज उद्घाटन भएको हो । उद्घाटन गर्दै तुलसीपुर उद्योग बाणिज्य संघका अध्यक्ष बिनिल केसीले मनोरञ्जनको हिसावले नँया आयाम थपिएको बताएका छन । उनले यस क्षेत्रमा भिआर गेम पहिलो भएको र स्वदेशमै युवाहरुबाट नँया सोच आउनु सकारात्मक पक्ष रहेको हुदा ब्यावसायीक सफलताको शभकामना दिएका थिए ।

ब्यवसायीहरु दिनेश नायक, मदन नायक,निर्मल नायक र गेहेन्द्र वलीले ५० लाख लागतमा नायक गेमिङ जोन एण्ड स्केट पार्क सञ्चालनमा ल्याएका हुन । जिल्लामै पहिलोपटक डिजिटल गेमिङ सञ्चालननमा ल्याएको सञ्चालक मदन नायकले बताए । सुभारम्भको अवसरमा १८९ गते सम्मको लागि ९९ रुपैयामा स्केट खेल्न सकिन्छ ।

तपाईंको प्रतिक्रिया