उरहरी स्वास्थ्य चौकीले अब नयाँ भवनबाट सेवा दिने

 मङि्सर १६, २०८१

तुलसीपुर ।    तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ११ बेलटाकुरामा रहेको उरहरी स्वास्थ्य चौकीको नव निर्मित भवनको उद्घाटन भएको छ । वडाध्यक्ष मान बहादुर रावतको अध्यक्षता तथा नगर प्रमुख  टिकाराम खड्काको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।   लुम्बिनी प्रदेश सरकारकाे बिस लाख र तुलसीपुर उपमहानगरपालिकाकाे गरि  भ्याट बाहेक ४० लाख ७ हजारमा भवन निर्माण सम्पन्न भएको हाे ।

पुरानाे तथा साघुराे काेठाबाट सेवा प्रवाह गर्न समस्या रहेकाे थियाे । अव भने बिरामी तथा सुत्केरी हुदा छुट्टाछुट्टै काेठामा सेवा दिदा सहज हुने अपेक्षा गरिएको छ । सो अवसरमा बोल्दै नगर प्रमुख खड्काले नयाँ भवनबाट नागरिकको सेवालाई प्रभावकारी बनाउन आग्रह गरेका थिए ।

वडासदस्य प्रभा परियारकाे स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा  नेपाल कांग्रेसका   हेम बहादुर ओली,नेकपा माअाेवादि केन्द्रका वेद बोहरा, राप्रपाका लिलाध्वज बस्नेत लगायतले बाेलेका थिए ।
साे अवसरमा स्वास्थ्य चाैकिका प्रमुख चित्र वलीले प्रतिवेदन प्रस्तुत गरेका थिए । उक्त कार्यक्रमकाे संचालन सिनियर अहेव खड्ग बहादुर बिसिले गरेका थिए ।

यसैबीच गत बर्ष २०८०/०८१ काे कार्यसम्पादन मूल्यांकन बाट उत्कृष्ट कर्मचारीका रुपमा उरहरि स्वास्थ्य चाैकिका प्रमुख चित्र बहादुर वली सम्मानित भएका थिए । त्यसैगरी महिला स्वास्थ स्वयंसेविका जनता देवी विक,दुर्गा कुमारी शर्मा र देवी कुमारी चन्दलाइ प्रमाणपत्र सहित सम्मान गरिएको थियोे ।

 

 

तपाईंको प्रतिक्रिया