तुलसीपुर १३ मा वडाध्यक्ष कप फुटवल र भलिवल प्रतियोगिता सुरु

 मङि्सर २०, २०८१

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १३ मा वडाध्यक्ष कप फुटवल र भलिवल प्रतियोगिता सुरु भएको छ । वडाध्यक्ष मोहन पौडेलको अध्यक्षता तथा उपमहानगरका विधायन समितिका संयोजक भिम बहादुर योगीको प्रमुख आतिथ्यमा प्रतियोगिताको उद्घाटन भएको हो । कार्यक्रमका प्रमुख अतिथी योगीले एम्पायर मनराज बाठालाई फुटवल हस्तान्तरण गर्दै प्रतियोगिताको उद्घाटन गरेका थिए ।

मंसीर २६ गते सम्म सञ्चालन हुने प्रतियोगितामा फुटवल तर्फ १० र भलिवल तर्फ ६ टिमको सहभागिता रहेको छ । स्थानिय स्तरमा खेलाडी उत्पादन तथा खेल क्षेत्रको विकासका लागि वडाध्यक्ष कपको आयोजना गरेको वडाध्यक्ष पौडेलले बताएका छन ।

वडा सदस्य विमला शर्माको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रमको सहजिकरण वडा सचिव कर्ण बहादुर हमालले गरेका थिए ।

तपाईंको प्रतिक्रिया