सहमतिपछि कर्मचारी काममा फर्किए

 मङि्सर २१, २०८१

तुलसीपुर । तुलसीपुर उपमहानगरपालिकामा कर्मचारीको स्तर घटुवाको विषयलाई लिएर शुक्रवारदेखि आन्दोलनमा उत्रिएका कर्मचारीहरु बिहीबारदेखि नियमित कामकाजमा फर्किएका छन् । एक हप्ताको आन्दोलनपछि कर्मचारीहरु काममा फर्किएपछि सेवाग्राहीले सहज सेवा पाएका छन् । आगामी कार्यपालिकासम्मका लागि आन्दोलन रोकिएको र उक्त कार्यपालिकाले अहिले सहमति  हुबहु निर्णय गरेर कार्यान्वयनमा लैजाने सहमतिमा आन्दोलन रोकिएको संघर्ष समितिका संयोजक ललितबहादुर घर्तीले बताउनुभयो ।

२६औं कार्यपालिकाले तह घटुवाको निर्णय गरिसकेको हुँदा आगामी कार्यपालिकामा उक्त निर्णय उल्ट्याएर कार्यविधि–२०७८ कै आधारमा गरिएको कर्मचारीको तह व्यवस्थापनलाई कार्यान्वयनमा लैजाने सहमति भएको उहाले बताउनुभयो । पालिकाको तर्फबाट आफ्ना मागहरुको सम्बोधन गर्ने प्रतिबद्धता भएपछि हाललाई आन्दोलन स्थगित गरिएको संयोजक घर्तीले बताउनुभयो ।

उक्त सहमतिमा नगर प्रमुख टिकाराम खड्का,प्रमुख प्रशासयिक अधिकृत गेहेन्द्र बहादुर डाँगी,सामाजिक विकास समितीका संयोजक मान बहादुर रावत,आन्दोलनरत कर्मचारीका तर्फबाट ललित बहादुर घर्ति,झरेन्द्र खरेल,टोप बहादुर डागी,केशवराज डागीको हस्ताक्षर छ ।

तपाईंको प्रतिक्रिया